अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

सन्फ्रान्सिस्कोमा भानु जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७४ साउन १६ गते १८:५२ मा प्रकाशित

अगस्ट २९, सन्फ्रान्सिस्को । अमेरिकाको सन्फ्रान्सिस्को सहरमा १०४ औँ भानु जयन्ती सम्पन्न भएको छ । अनेसास सन्फ्रान्सिस्को च्याप्टर र न्यान्सको सयुक्त संयुक्त रूपमा कार्यक्रमको आयोजना गरिएको थियो । अनेसासका केन्दिय अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम तोया दाहाल र हरिहर दाहालले आलोपालो सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सर्बग्य वाग्ले र न्यान्सका अध्यक्ष रबिन्द्र राईले गरेका थिए भने विशेष आतिथ्यता बरीष्ट कवि तथा साहित्यकार तेजराज खतिवडा रहेको थियो । कवि बन्धु पोख्रेलले भानु भक्तको जीबनीका बारेमा चर्चा गरेका थिए । अनेसासका अध्यक्ष पदम विश्वकर्माले नेपाली साहित्यलाई विश्व भर छरिएर रहेका नेपालीका नयाँ पिडीलाई चासो बढाउने तथा सहभागी गराउंने प्रयास भइरहेका छन् भन्दै भानु जयन्ती भव्य रूपमा सफल पारेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

सो अवसरमा १७ जनाले श्वासफुर्त रूपमा अनेसासको आजीबन सदस्यता लिएका थिए । आजीबन सदस्यता लिनेहारुमा बन्धु पोख्रेल, सर्बग्य वाग्ले ,घनश्याम न्यौपाने, निरन्जन वाग्ले, रिता देवी प्रधान जोशी, राम बाबु आचार्य, सुरेन्द्र वाग्ले, उत्तम कार्की ,गीता बजगाईं , हरिहर दाहाल, भागीरथ दाहाल, डा दुर्गा दाहाल, डा टिका लम्साल ,इन्दु तामाङ्ग आदी थिए । 

कार्यक्रममा सन्फ्रान्सिस्को वरपर बस्ने श्रष्टाहरुले आ-आफ्ना रचना बाचन् गरेका थिए । रचना बाचन् गर्नेहरुमा बाबु आचार्य, बासु ढकाल , ध्रुब थापा, विनोद उत्साही, गीता बजगाईं अधिकारी, इन्दु तमाङ्ग, बन्धु पोख्रेल, रिता देवी प्रधान जोशी दिक्षा बस्नेत, सृष्टि पाण्डे, हरिहर दाहाल , प्रमोद अमात्य, सर्बग्य वाग्ले, दुर्गा दाहाल, कृष्णमान श्रेष्ठ, सुरेन्द्र वाग्ले, भागीरथ दाहाल, तेजराज खतिवडा, टिका पुन, टिका लम्साल, केशव रिजाल, निरन्जन वाग्ले, संगिता पोख्रेल, मदन दिब्बिम, पदम विश्वकर्मा, घनश्याम न्यौपानेआदी थिए । ब्यस्तताको बाबजुत उपस्थित भएर कार्यक्रमको शोभा बधाई दिनु भएकोमा उपस्थित समस्त माहानुभाबहरुलाई धन्यवाद व्यक्त गर्दै समारोहका सभापति रबिन्द्र राईले कार्यक्रम बिसर्जन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू