अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

‘इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार रावललाई

बिआरटीनेपाल २०७४ जेठ १३ गते ९:४१ मा प्रकाशित

पत्रकार दीपेन्द्र रावल ‘कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन् । इच्छुकको १५औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संगठन नेपालले पत्रकार रावललाई पुरस्कृत गरेको हो ।

पुरस्कृत रावल संगठनका केन्द्रीय उपाध्यक्ष छन् । छनौट समितिको सिफारिसमा संगठनले स्मृति पुरस्कार रावललाई दिने निर्णय गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले जानकारी दिए । पुरस्कारको राशी १० रुपैयाँ रहेको छ ।

मिडिया क्लब संवाद डबलीका अध्यक्ष एवं अनलाइन डबली डटकमका प्रकाशक समेत रहेका पत्रकार रावललाई नेपाल पत्रकार महासंघ डा. महेन्द्र विष्टले दोसल्ला ओढाई सम्मान गरेका थिए । रावल जनयुद्धका घाइते पनि हुन् । उनले सानै उमेरमा युद्ध पत्रकारिताबाट पत्रकारिता जीवन शुरु गरेका हुन् ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन हो । संगठनले शनिबार १५औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू