एसी शेर्पा अवैतानिक वाणिज्य दुत नियुक्त

विआरटि नेपाल सम्बाददाता

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (उत्तर अमेरिकाका) का सह-संयोजक एसी शेर्पालाई नेपाल सरकारका लागि अमेरिकाको सियाटल राज्यको सियाटल सहरका लागि अवैतानिक वाणिज्य दूत नियुक्त भएका छन् ।

नेपाली व्यापार प्रबर्धनमा सहयोग र साथ दिने विश्वासका साथ नेपाल सरकारले एसी शेर्पालाई अवैतनिक वाणिज्य दूत नियुक्त गरेको हो । शेर्पालाई नेपाल र नेपाली समुदायको व्यापार, व्यवसाय, पर्यटन, शिक्षा लगायतका शेत्रमा कानुनी अन्य र आवश्यक सहयोग र साथ दिने गरी जिम्मेवारी तोकिएको छ ।

शेर्पाले नेपाल र नेपालीको हितका लागि यो जिम्मेवारी प्रदान गरिएकोमा नेपाल सरकार र अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की समेतलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

सोलुखुम्बु जिल्लामा जन्मेका शेर्पा सानै उमेरदेखि अमेरिका आएका हुन । उनले विश्वको उच्च शिखर सगरमाथा लगायत सात उच्च शिखर सेभेन समिट आरोहण गरिसेका छन् । दर्जनौ सामाजिक कार्यमा सक्रि उनी हिमाल आरोहण सम्बन्धी ७० देशका लागि प्रशिक्षक पनि हुन । आफ्नो जिल्लाको सामाजिक विकासमा निरन्तर लागिरहेका शेर्पाले जिल्लामा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी गरेका छन् ।

Published on August 13, 2016 at 4:30 pm

Loading...

यसमा तपाइको मत