अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 18:49

कर्मचारीका कारण संघीयता खतरामाः प्रचण्ड

बिआरटीनेपाल २०७६ मंसिर २० गते ३:४२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीका कारण जनताका अधिकार कटौति हुन थालेको बताउनुभएको छ । सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले कर्मचारीको मानसिकता र काम गर्ने शैली पुरानै रहेको टिप्पणी गर्नुभयो ।

संघीयताले घर–घरमा जनतालाई अधिकार दिने परिकल्पना गरेको भए पनि कर्मचारी खटाएको ठाउँमा जान नमान्ने र जनप्रतिनिधिले काम गर्न खोज्दा कानुनी अड्चन देखाएर भाँजो हाल्ने काम गर्ने गरेको उहाँको आरोप छ । कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू