अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

नेपालको नीति लगानीको लागि उदार छ: प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ वैशाख १६ गते ७:१९ मा प्रकाशित

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नेपालको नीति लगानीको लागि उदार रहेको बताउनुभएको छ । आजबाट शुरु लगानी सम्मेलनलाइ सम्बोधन गर्दै प्रधानमन्त्रीले उदार नीति, दक्ष श्रमशक्ति, लाभांश लैजाने व्यवस्था र सस्तो ज्यालादरले नेपाल लगानीको लागि वातावरण बनेको बताउनुभएको हो । ‘नेपाल सरकारले हालै लगानी र व्यवसाय क्षेत्रका आठ वटा विभिन्न ऐन कानुन संशोधन गरेको छ’ ,प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसले नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्ताको मनोविज्ञानमा वृद्धि गर्ने हाम्रो विश्वास छ’।

दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्तिको अधिकार, प्रतिस्पर्धी कर्पोरेट कर लगायतको व्यवस्था रहेकोले नेपालमा लगानीको लागि वातावरण अनुकुल रहेको प्रधानमन्त्रीले बताउनुभयो । सरकारले हालै द्विपक्षीय लगानी सम्झौता संरचना तयार पारेको भन्दै उनले वैदेशिक लगानीकर्तालाई यस्ता सम्झौता छिटो अगाडी बढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालले सबै वैदेशिक लगानीलाई समान व्यवहार गरिरहेको र लाभांश लैजान सक्ने व्यवस्था समेत रहेको जानकारी गराउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू