अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

७ लाखले क्यालिफोर्निया छाडे

बिआरटीनेपाल २०७६ मंसिर ७ गते ९:११ मा प्रकाशित

एजेन्सी । झन्डै ७ लाख मानिसले गोल्डेन स्टेट भनेर चिनिने क्यालिफोर्नियाबाट गत वर्ष बिदा भएका छन् ।

युएस सेन्ससले सो समयमा करिब ५ लाख मानिसमात्र क्यालिफोर्निया भित्रिएको देखाएको छ । सो अवधिमा गोल्डेन स्टेट भित्रिनेको सङ्ख्या छाड्नेको भन्दा करिब २ लाख कम छ ।  क्यालिफोर्नियाबाट बाहिरिने मध्ये सबैभन्दा बढी टेक्सस पुगेका छन् । त्यसपछि एरिजोना, वाशिङ्टन, नेभाडा र ओरेगन पुगेका छन् ।

युसी बेकर्ली इन्स्टिच्युट अफ गभर्नमेन्टल स्टडिजले हालै गरेको सर्वेक्षणले क्यालिफोर्नियाका आधा मतदाताले बसाइँ सर्ने बारे सोचेको देखाएको छ । त्यसको कारण ज्यादै महँगो निवास र उच्च कर रहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया