अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७
| Colorodo: 21:12
विश्वकप तथा एसियाली छनोट अन्तगर्त कुवेतसँगको होम म्याच भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउन एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वीकृति दिएको छ ।
मंसिर ३ गते काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने खेल रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै एएफसीको टेक्निकल कमिटीले अस्वीकृत गरेपछि एन्फाले भुटानमा खेलाउन फिफा र एएफसीमा प्रस्ताव गरेको थियो ।
कुवेत र नेपाल फुटबल संघको लामो जुहारीपनि एएफसीले भुटानमै खेल कुने निश्चित गरिदिएको एन्फाका प्रवक्ता किरण राईले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् । विश्वकप छनोटको अवे खेलमा नेपालले कुवेतसँग ७–० को फराकिलो हार ब्यहोरेको थियो । नेपालले चाइनिज ताइपेइलाई हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो ।