अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

प्रतिबन्धको ७० दिनपछि काश्मीरमा पोस्टपेड मोबाइल सेवा सुरु

बिआरटीनेपाल २०७६ असोज २७ गते ९:०५ मा प्रकाशित

जम्मु कश्मिरको १० जिल्लामा पोस्टपेड मोबाइल सोमबार दिउँसोदेखि सुचारु भएको छ। मोदी नेतृत्वको सरकारले संसदबाट संविधानको धारा ३७० हटाएपछि गत ५ अगस्टदेखि मोबाइल तथा ल्याण्डलाइन फोन सेवा बन्द गरिएको थियो।

राज्यका प्रधान सचिव रोहित कंसलका अनुसार सुरक्षा स्थितिलाई समीक्षा गरेपछि मोबाइल सेवा सुचारु गरिएको हो। ल्याण्डलाइन फोनसेवा भने केही दिन अगावै खोलिएको थियो। कंसलले भनेका छन्, ‘जम्मू(कश्मीरमा ९९ प्रतिशत इलाकामा आवतजावतमा लगाइएको प्रतिबन्ध समेत हटाएका छौ‘।

जम्मू, लद्दाख तथा कुपवाडामा मोबाइल सेवा पहिलेदेखि नै सुरु भइसकेको थियो। १६ अगस्टदेखि प्रतिबन्धमा विस्तारै विस्तारै कमी हुँदै गएको छ। सेप्टेम्बरको पहिलो साता अधिकांश प्रतिबन्ध हटाइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू