अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

गाजामा सहायता संस्थाले खाद्यान्न वितरण फेरि शुरु गर्ने

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ५:५० मा प्रकाशित

अमेरिकी सहायता सङ्गठन वर्ल्ड सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण फेरि शुरु गर्ने भएको छ । झण्डै एक महिनाअघि इजरायली आक्रमणमा परेर आफ्ना सात जना कर्मचारीको ज्यान गएको घटनापछि वल्ड सेन्ट्रल किचेनले गाजामा सहायता उपलब्ध गराउने काम रोकेको थियो । यो संस्थाले विज्ञप्ति निकालेर गाजामा सहायता अति आवश्यक भएकाले सहयोग जारी राख्ने बताएको बीबीसीले जनाएको छ ।

सहयोगका लागि संस्थाले ८० लाख प्याकेट खाद्यान्नसहित २ सय ७६ ट्रक तयार पारिसकेको खबरमा उल्लेख छ । सहायताकर्मीहरू रफाह  हुँदै गाजा प्रवेश गर्नेछन् । वर्ल्ड सेन्ट्रल किचनका सीईओ एरिन गोरले गाजामा मानवीय अवस्था अत्यन्तै गम्भीर रहेकोले सकेसम्म धेरै मानिसलाई खाना उपलब्ध गराउने प्रयास गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू