अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

बङ्गलादेशद्वारा हतियार प्रणालीमा एआई लागू नगर्न आह्वान

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:४९ मा प्रकाशित

बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागू नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । उहाँ ले कृषि, चिकित्सा विज्ञान, अन्तरिक्ष अन्वेषण, जलवायु परिवर्तन र रोजगारी सृजनाका क्षेत्रमा एआई प्रयोग गर्न आग्रह गर्नुभयो । हसनले भियनामा आयोजित ‘ह्युम्यानिटी एट द क्रसरोडः अटोनोमस वेपन्स सिस्टम्स एन्ड द च्यालेन्ज अफ रेगुलेसन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त धारणा राखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेशमन्त्रीले स्वायत्त हतियार प्रणालीलाई प्रभावकारीरूपमा नियमन गर्न विश्वव्यापी मापदण्डहरू तय गर्न पनि सुझाव दिनुभयो । साथै मानवताको हितका लागि स्वायत्त हतियारलगायत कुनै पनि नयाँ हतियार त्याग्न उहाँले सबैलाई आग्रह गर्नुभयो । गाजाको अनिश्चित अवस्थामाथि प्रकाश पार्दै उहाँले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व र तनावको नयाँ मोर्चा खोल्न चेतावनी पनि दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू