अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ५:४९ मा प्रकाशित

भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको ज्यान गएको छ । अरु २२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

पाथरा गाउँका झण्डै ३० जना मानिस पिकअप गाडीमा पारिवारिक समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ  ।

रातिको समयमा सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएर पिकअप गाडी दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू