अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

केकी अधिकारीको ‘तिमीलाई भनेर म” सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज १८ गते ९:४३ मा प्रकाशित

काठमाडौँ : नेपाली सिने उद्योगमा चलेकी अभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यति बेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रु“दै गरेकी भेटिएकी छिन् । आफूले माया गरेको मान्छेको पर्खाइमा रु“दै गरेको केकी अधिकारीको यो भावुक दृश्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्युजिक भिडियोका लागि कैद गरिएको हो ।

‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौ“ किन ?’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वरस“गै केकीको अभिनय निक्कै खुलेको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय सङ्गीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा सङ्गीत तथा सङ्गीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । म्युजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायाङ्कन गरेको म्युजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।

गीतको म्युजिक भिडियो:

प्रतिक्रिया