अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

गौरीघाटमा वृहत् सरफाई कार्यक्रम सम्पन्न

मुना न्यौपाने २०७६ असोज १२ गते १०:१४ मा प्रकाशित

काठमाडौँ,  विश्व पर्यटक दिवस र बडादसैँको अवसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । का.म.पा. वडा नं. ७ को अगुवाइमा स्थानीय सङ्घ संस्थाहरूको सहभागिता सो कार्यक्रम गत शनिवार बिहान ८:०० बजेदेखि गौरीघाट चोकबाट सुरु भई उमा कुण्ड मैजुबहाल हुँदै पुनः गौरीघाट चोकमा पुगी विसर्जन भएको थियो ।

कार्यक्रममा गौरी युवा समूहको आयोजना तथा नव जागरुक युवा क्लब, गौरी मातृ समूह, जापानी सूचना केन्द्र, नेपाल, नेपाल प्रहरी गौरी घाट वृत्त, उमा कुण्ड टोल सुधार समिति लगायत सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्ध कुमार डङ्गोलले फोहरलाई यत्रतत्र सडक किरानमा फाल्नुभन्दा फोहरलाई व्यवस्थापन गर्न सकिएको खण्डमा दुर्गन्ध र रोगबाट समेत बच्न सकिने भएका कारण वडावासी सबैलाई आफ्नो घर, पसल, होटेलहरूबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न आव्हान गर्नुभयो । साथै उहाँले विश्व सम्पदासूचीमा पर्ने पशुपतिनाथ र बौद्ध नाथ जाने मार्ग समेत यसै वडामा पर्ने भएकोले फोहर व्यवस्थापनमा हामी सजक र चासो हुनुपर्नेमा जोड दिनुभयो ।

सरसफाइ कार्यक्रमका क्रममा माइकिङ्ग तथा स्थानीयबासीहरूलाई समेत वृहत् सरसफाइ कार्यक्रममा सरिक हुन र हाम्रो घर, आँगनको फोहरलाई सामूहिक भई अन्य समयमा समेत व्यवस्थापन गर्न अनुरोध समेत गरिएको थियो ।

सम्बन्धित सामग्रीहरू