अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

संसद्को बजेट अधिवेशन आह्वान

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:५५ मा प्रकाशित

संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू