अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

थोरै लगानीमा उच्च प्रतिफल प्राप्त गर्न सरकारको प्राथमिकता पर्यटन क्षेत्र– प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:५५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटन क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । बिहीबार रेसुङ्गा नगरपालिकाले सुरू गरेको ‘जाउँ हिँड रेसुङ्गा’ कार्यक्रम अन्तर्गत काठमाडौंमा गरिएको प्रवर्द्धनात्मक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले शान्त र सितल तपोभूमिका रूपमा परिचित रेसुङ्गा लगायतका क्षेत्रले नेपालको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताउनुभयो। यस क्षेत्रको पर्यटन विकासको लागि सरकारले उच्च सहयोग गर्ने बताउनुभयो।

उहाँले गुल्मीको रेसुङ्गा क्षेत्रमा सरकारको क्याबिनेट बैठक राख्ने प्रयास गर्ने बताउनुभयो । ‘म एक पटक सुन्दर र शान्त क्षेत्र रेसुङ्गामा प्रधामन्त्रीकै हैसियतमा पुग्ने नै छुँ, यस क्षेत्रमा क्याबिनेट बैठक पनि राख्ने प्रयास हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । त्यसअघि रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा क्षेत्रमा क्याबिनेट बैठक राख्नको लागि गरेको आग्रहमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

पन्थीले रेसुङ्गालाई महत्त्वपूर्ण पूर्ण पर्यटकी गन्तव्य बनाउन यो अभियान अघि बढाइएको बताए। उनले रेसुङ्गाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरेर देशकी उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनुभयो। पर्यटकीय गन्तब्यहरूको प्रचारप्रसार गरेर पहाडी जिल्लाहरूको बसाइसराई रोक्न र रोजगारी वृद्धि गर्ने सकिने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटक क्षेत्रको विकासबाट रोजगारी सिर्जना, आर्थिक आय–आर्जन वृद्धि र समग्र आर्थिक विकास गर्न सकिने बताउनुभयो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले गुल्मीले सभ्यता, सद्भाव, कला, संस्कृति, ज्ञानको दृष्टिले एउटा नमूना जिल्ला भएको बताउनुभयो। पूर्व मुख्य सचिव लिलामणि पौडेल पर्यटन नेपालको समृद्धिको प्रमुख आधार भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू