अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार वटाभन्दा धेरै उजुरी

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:४४ मा प्रकाशित

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार सात सय १८ वटा उजुरी परेका छन् । सिंहदरबारमा आज बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले उजुरीबारेको जानकारी दिनुभएको हो ।

जिल्लाको तहमा हेर्दा सल्यानमा पाँच हजार पाँच सय दुई वटा उजुरी परेको छ । आयाेगका सचिव सापकाेटाले अछाम र कपिलवस्तुमा चार हजार वटाभन्दा बढी उजुरी परेको र तीन हजार वटाभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार वटाभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताउनुभयो । एक हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेका उहाँकाे भनाइ छ ।

आयोगका सचिव उदयराज सापकोटाले उजुरी भन्दा पनि घटनाका विषयलाई हेरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले सामान्य प्रकृतिका उजुरी बढिरहेको पनि बताउनुभयो । उहाँले अहिले दुई हजार दुई सय ६८ उजुरी तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू