अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचन प्रतिवेदन

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:५७ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन’ पेस गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यही वैशाख १५ गते इलाम २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन भएको थियो। दुवै क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवारले चुनाव जितेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू