अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

कैद मिनाहा माफीमा विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:४३ मा प्रकाशित

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गर्नुभयो । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनस्र्थापना गर्न आवश्यक भएकोमा जोड दिँदै उहाँले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रूपान्तरण गराउन जरुरी भएको औँल्याउनुभयो ।

अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्काे अपराध हुने भन्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताउनुभयो । उहाँले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू