अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

देउवा र ओलीको सवाल–जवाफ

बिआरटीनेपाल २०७३ मंसिर २८ गते १८:४९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सवालजवाफ भएको छ।

 

तपाईंले सात ठाउँमा हस्ताक्षर गरेको होइन : देउवा

प्रचण्डजीले जे प्रस्ताव राख्नुभयो, त्यसमा मेरो समर्थन छ । अहिलेको संशोधन प्रस्तावको सीमांकनका विषय त्यसवेला कांग्रेस र एमालेले सहमति गरेभन्दा फरक छैन । हाम्रो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ । तर, तपाईंले त त्यही प्रस्तावमा सात ठाउँमा हस्ताक्षर गर्नुभएको होइन ? अनि त्यही प्रस्ताव अहिले दर्ता गराउँदा किन फिर्ता लिने ? यो त सहमति हुन नदिने चालबाजी मात्र हो । यसो नगरौँ, मिलेरै अगाडि बढौँ ।

संशोधन विधेयक स्थगन गरौँ, चुनावमा जाऔँ : ओली

संशोधन विधेयक ल्याउनु तपाईंहरूको बाध्यता होलान्, तर त्यो फिर्ता लिनैपर्छ । हामी विपक्षी पार्टीहरू विधेयक फिर्ता लिएपछि मात्र सदनको अवरोध खोल्ने सर्त बनाइरहेका छौँ । निर्वाचन गर्ने विषयमा मिति घोषणा गर्ने, कानुनहरू बनाउने विषयमा असहमति हाम्रो होइन । हामी निर्वाचनको पक्षमा छौँ । आतुर पनि छौँ । तर, संविधान संशोधन विधेयक स्विकार्न सकिँदैन । फिर्ता नलिए पनि हाल त्यसलाई स्थगन गर्नुहोस्, हामी त्यति लचिलो हुन तयार छौँ ।

यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू