अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

६ बुँदे घोषणापत्र जारी गर्दै बोस्टन साहित्य सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:०६ मा प्रकाशित

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् भाषा तथा साहित्य उपसमितिको आयोजनामा बोस्टनमा प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन भएको छ। सेप्टेम्बर १–२ मा भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकमा रहेका साहित्यनुरागी नेपालीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा कृति विमोचन, रचना वाचन, छलफल, पाँच कार्यपत्र प्रस्तुत गरिएको थियो।

सम्मेलनले ६ बुँदै घोषणापत्र जारी गरेको छ। घोषणापात्रमा भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रूपमा मनाउने, साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूलाई नेपालमा आमन्त्रण गरी पर्यटन वर्ष २०२० का उपलक्ष्यमा अन्नपूर्ण वा सगरमाथा आधार शिविरमा विश्व साहित्य सम्मेलन गर्ने, प्रत्येक महादेशमा नेपाली कृतिहरूलाई त्यहाँका स्थानीय भाषामा अनुवाद गरी प्रकाशन गर्ने उल्लेख छ ।

यस्तै, प्रत्येक दुई वर्षमा नेपाली भाषा साहित्य सम्मेलन गर्ने, प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिने साहित्यकार र विधाको सूची तयार पार्ने, डायस्पोरामा नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरूलाई छनौट गरी सम्मान गर्ने घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया