अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

मुलुकका अधिकांश स्थानमा बर्षा हुने

बिआरटीनेपाल २०७६ भदौ १३ गते २३:४२ मा प्रकाशित

शुक्रबार रातिदेखि नै देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मनसुन कमजोर भएपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने वा झरीको सम्भावना भने नरहेको मौमसविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास तथा चितवनको कालीखोला र आसपास ठूलो पानी परेकाले बाह्रबिसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला आसपास पहिरो जान सक्ने भएकाले यात्रा गर्दा सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज र भोली प्रमूख र मझौला नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज झापा, मोरङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट,रसुवा,धादिङ, गोरखा,लमजुङ, मकवानपुर, चितवन, नवलपरासी, स्याङजा, पाल्पा, अर्घाखांची, कपिलवस्तु, दाङ, बांके, बर्दिया, रोल्पा, सुर्खेत भइ बहने नदीको बाहव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू