अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

सुन प्रतितोला एक हजार रुपैयाले घट्यो

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:४० मा प्रकाशित

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा शुक्रवार गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक हजारले घटेको छ । छापावाला सुनको मूल्य ७२ हजार ४०० रुपैया कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार १०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १०० रहेको थियो । चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला १० ले घटेर ८८५ रुपैया निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला ८९५ मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू