अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

खेमराज स्रष्टा सम्मान जनगायक रामेशलाई

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:५५ मा प्रकाशित

लोकप्रिय जनगायक रामेशलाई स्वर्गीय खेमराज गुरुङ ट्रस्टले सम्मान गरेको छ । गुरुङ्गको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरिएको हो । “गाउँ–गाउँबाट उठ, बस्ती– बस्तीबाट उठ, एक जुगमा एकदिन एकचोटी आउँछ” लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।

पाँच दशकभन्दा लामो समयदेखि जनपक्षीय गीत संगीतमार्फत पुर्याएको योगदानको उच्च कदर रामेशलाई स्रष्टा सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ । यसअघि यो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको थियो । त्यस्तै ट्रस्टले स्मृति दिवसका अवसरमा खेमराज प्रतिभा पुरस्कार सुसन लामालाई प्रदान गरेको छ ।

प्रतिक्रिया