अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

रहेनन् अव हाँस्य कलाकार आर. पी. भट्टराई

बिआरटीनेपाल २०७३ मंसिर २३ गते २३:१३ मा प्रकाशित

चर्चित हाँस्य कलाकार आर. पी. (रुद्र प्रसाद )भट्टराईको निधन भएको छ ।२०३२ माघ १० गते  बिराटनगरमा जन्मेका आर पी. को आफ्नै गृह जिल्लामा आज बिहान  निधन भएको हो ।

आर. पी. लामो समय देखी सुगर र प्रेसरको बिरामी थिए । आफन्त भेटघाट र आरामका लागि बिराटनगर पुगेका आर. पी. ले १ दिन अघि सम्म आफ्नो फेसबुक चलाइरहेको पाइएको छ । उनले २ दिन अघि आफ्ना पुराना मित्र सुवास दाहालसँग बिराटनगरमा भेट हुँदा खुसी लागेको भन्दै दाहाल र आफ्नो फोटो समेत अप्लोड गरेका थिए ।

५ दर्जन बढी टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका आर. पी. भट्टराई गायक पनि हुन् । बिशेषत हाँस्य विधाकै गीतहरू गाउने आरपीका अम्रीसोको कुचो राम्रो, मैले हानिदिएँ मायाको ल्याप्चे, कालो रैछु म पनि, या या थुक्क लगाएतका थुप्रै गीत चर्चामा छन् ।

बि. सं २०५५ सालमा सरु पोख्रेल सँग प्रेम विवाह गरेका आर पी का दुई सन्तान छन् ।

13592316_1068205426590066_8245829150090422766_n

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू