अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय शिक्षा आवश्यक– प्रचण्ड

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:३७ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई सम्वृद्ध बनाउन शैक्षिक क्षेत्रको गुणात्मक विकासमा जोड दिनुपर्ने बताउनुएको छ । मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दावी गर्दै उहाँले सम्वद्ध सवैलाई शिक्षाको गुणात्मक विकामा जोड दिन आग्रह गर्नुभयो ।

मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएर महत्वपूर्ण योगदान पु¥याएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुन निर्माणको कामलाई पनि तीब्रता दिइरहेको बताउनुभयो ।

मुलुकको समृद्धिको यात्रालाई सार्थक बनाउन पनि शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढनुको विकल्प नरहेको उहाको भनाई थियो । सोमबार काठमाडौंमा आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ विवरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने ठहर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिने गरेको स्मरण गराउँदै नेपालजस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्नैपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू