अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

एन.आर.एन.ए अमेरिका: युथ लिडरसिप स्कलरसिप – २०१९ का विजेताहरू घोषणा

बिआरटीनेपाल २०७६ साउन २२ गते २१:५३ मा प्रकाशित

गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एन.आर.एन.ए) अमेरिकाद्वारा स्थापित युथ लिडरसिप स्कलरसिप – २०१९ का विजेताहरू घोषणा भएका छन् । बिजेताहुनेहरुमा दक्षिणी क्षेत्रबाट अमित त्रिपाठी (युनिभर्सिटी अफ साउदर्न मिसिसिपी), उत्तर–पूर्वबाट अस्का शेर्पा (हन्टर कलेज, न्यु योर्क), पश्चिमी क्षेत्रबाट किरण पाण्डे (आइडाहो स्टेट युनिभर्सिटी) र मध्य–पश्चिमबाट रिशिका जोशी (लोयोला युनिभर्सिटी, सिकागो) रहेका छन्।अमित जुनियर कन्स्ट्रक्सन इन्जिनियरिङ टेक्नोलोजी र अर्थशास्त्रका विद्यार्थी हुन् । यता अस्का शेर्पा सिनियर नर्सिङ विषय लिएर अध्ययनरत छिन् । किरण इलेक्ट्रिक इन्जिनियरका विद्यार्थी हुन् भने रिशिका बायोलोजी र न्युरो साइन्सका विद्यार्थी हुन् ।

एन.आर.एन. अमेरिकाका निवर्तमान युवा संयोजक तथा युथ लिडरसिप अवार्ड २०१८ का परिकल्पनाकार स्वराज खातीले छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने समितिका सदस्यहरू द्वय- कुशल पोखरेल, डा.निरोज बस्नेत, डा. सिरोज पोखरेल, डा. सुमन सत्याल, सुमन कार्की, सुलभ पौडेल, नीलिमा बादे श्रेष्ठ र प्रकाश बस्नेत लाई धन्यवाद दिए । नगद एक हजार डलर सहितको युथ लिडरसिप स्कलरसिप अमेरिकाको चार वटै भौगोलिक क्षेत्रबाट कुल ३२ जना सहभागी भएका थिए। गैर-आवासीय नेपाली सङ्घका महासचिव पशुपति पाण्डेले एक विज्ञप्ति मार्फत विजेताहरू सार्वजनिक गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने समितिहरूलाई पनि धन्यवाद ज्ञापन गरे ।

युथ लिडरसिप अवार्ड २०१९ छनोटसमितिका सदस्य कुशल पोखरेलका अनुसार सबै सहभागीहरूलाई शैक्षिक, अतिरिक्त क्रियाकलाप, विभिन्न सिफारिस पत्रहरू, निबन्ध, सामाजिक नेतृत्व र एन.आर.एन्.ए. को लक्ष्यसँगको निकटताको आधारमा मूल्याङ्कन गरिएको थियो । निष्पक्षताका लागि शैक्षिक र नेतृत्व क्षमता भिन्ना भिन्नै समूहले मूल्याङ्कन गरेको थियो । पठाइएका निबन्ध ४ जनाको समूहले छुट्टा छुट्टै जाँचेको थियो । अन्त्यमा सबैको अङ्कको औसत निकालेर विजेता घोषित गरियो ।

स्कलरसिप अवार्डको छनोट प्रक्रियामा लामो समय लागेता पनि छनोट समितीलेपूर्ण समय लगाएर गहन विश्लेषण सहित उत्कृष्ट नतिजा दिएकोमा संयोजक खातीले खुसी प्रकट गरे । उनले भने-” यो कार्यक्रमले क्षमता वान विद्यार्थीहरूको नेतृत्व विकासमा टेवा पुर्‍याउने साथ-साथै एक किसिमको ऊर्जा प्रदान गर्ने मेरो विश्वास छ । यस कार्यक्रमले अमेरिका भरी छरिएर रहेर अध्ययनरत नेपाली विद्यार्थीहरू र गैर-आवासीय नेपाली सङ्घ बिचको सम्बन्ध अझै नजिक बनाएको छ |” संयोजक खातीले नयाँ नेतृत्वले यस कार्यक्रमको महत्त्व बुझेर यसलाई प्राथमिकताका साथ निरन्तरता दिनेमा आफू आसावादी रहेको पनि जानकारी दिए।

युथ लिडरसिप स्कलरसिप कार्यक्रम र विजेता बारे विस्तार जानकारीको लागि :

https://adobe.ly/2T28cAZ

https://nrnusa.org/youth-leadership-scholarship-award-2019/

प्रतिक्रिया