अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

सुस्माको आग्रह-आउ प्यास मेटाउ मेरो मस्त जवानीमा….(भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २२ गते ५:५६ मा प्रकाशित

मोडल सुस्मा अधिकारी मेरो मस्त जवानी तिम्रो भन्दै देखिएकी छन् । गायिका लक्ष्मी आचार्यको पछिल्लो गीत ‘मस्त जवानी..’ बोल म्युजिक भिडियोमा उनी सो रुपमा प्रस्तुत भएकी हुन् ।

गीत बुधबार युट्युव मार्फत सार्वजनिक भएको छ । जसमा मोडल सुस्मा अघिकारी निकै हट रुपमा प्रस्तुत भएकी छन् । भिडियोमा सुस्माको अलवा सन्दिप, बिज्ञान लगायतको अभिनय रहेको छ ।unnamed-1

चलचित्रमा राखिने आइट झै तामझामका साथ बनाइएको भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् । भिडियोमा सन्तोस राजबाहको कोरियोग्राफी, अम्रित सुनुवारको छायाँकन र निशान्त घिमिरेको सम्पादन रहेको छ ।

गायिका लक्ष्मीले आइट गीतको रुपमा यसलाई बाँहिर ल्याएकी हुन् । गीतकमा शब्द सुभाष गौतम र संगीत अनुप रेग्मीको रहेको छ ।
कैलाली टीकापुर मोतीनगरकी लक्ष्मी बिगत पाँच वर्षदेखि गायनमै रमाई रहेकी छन् । उनका ‘नजिक नजिक सर्छन्’, ‘तीन साल अमेरीका’, ‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो’, ‘पाउजु बजाउँछु म’ बोलका गीत हिट भएका छन् । अघिल्ला केही गीतमा उनले मोडलिङ समेत आफैले गरेकी छिन् ।

प्रतिक्रिया