अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८
| Colorodo: 11:13
राजा वीरन्द्रका एडिसी नेपाली सेनाका अवकाश प्राप्त उपरथी ताराबहादुर थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । थापा वीरेन्द्रका प्रिय र निकट हुनुहुन्थ्यो । भारतको नयाँदिल्लीमा उपचारका क्रममा फोक्सोमा समस्या भएका कारण उहाँको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
थापाको पार्थिव शरीर शनिबार नै काठमाडौं ल्याउने तयारी भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्रले थापालाई थाइल्याण्डका लागि राजदूतको जिम्मेवारी समेत दिनुभएको थियो ।