अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१० | Colorodo: 12:25

इलाम २ उपनिर्वाचन : ५७ प्रतिशत मत खस्यो, आजै रातिदेखि मतगणना गर्ने तयारी

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ६:२९ मा प्रकाशित

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ५७ प्रतिशत मत खसेको छ ।​ करिब ६६ हजारले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जनाइएको छ ।

कुल मतदाता १ लाख १५ हजार ८८९ रहेको यो क्षेत्रमा १९ उम्मेदवार चुनावी मैदानमा छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपेटिका संकलन गरेपछि रातिदेखिनै मतगणना गरिनेछ । मतपेटिका भेला गरी सकेपछि सर्वदलीय बैठक बसेर मतगणनाको निर्णय गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू