अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ६:४२ मा प्रकाशित

आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ । शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो । एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ ।

कार्यक्रममा बोल्दै साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताउनुभयो । ‘वर्तमान समयका प्रमुख दल र अहिलेको नेताबाट मुलुकको विकास सम्भव छैन,’ साहले भन्नुभयो, ‘त्यसैले अग्रगामी सोच राख्ने पार्टीसँग एकता गर्दै बलियो शक्ति निर्माण गर्ने अभियानमा छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू