अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

निर्वाचन प्रणालीको सुधार नगरेसम्म स्थिर सरकार सम्भव छैन: सभामुख घिमिरे

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ७:०० मा प्रकाशित

सभामुख देवराज घिमिरेले स्थिर सरकार नहुँदा मुलुकलाई ठूलो असर गरिरहेको बताउनुभएको छ। पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचन प्रणालीको विषयमा प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो,’मुलुक र जनताको हितमा काम गर्न स्थिर चाहिन्छ। एउटै दलको बहुमत नहुँदासम्म स्थिर सरकारको सम्भव देखिँदैन। त्यसैले निर्वाचनलाई सरल बनाउनुपर्छ। अहिले कुनै पनि दलको बहुमत छैन। धेरै दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ।’

घिमिरेले दलका नेताले आफ्नो अनुकूल सरकार फेरबदल गरिरहँदा मुलुक अप्ठ्यारोमा परेको बताउनुभयो। उहाँले निर्वाचन प्रणाली परिवर्तन गरेर जुनसुकै दलको एक बहुमत आउने पद्धतिको विकास गर्ने बताउनुभयो। निर्वाचन प्रणालीलाई सरल बनाउन आवश्यक परे संविधान र कानूनको संशोधन गर्न आवश्यक रहेको घिमिरेको भनाई थियो ।

प्रतिक्रिया