अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०९ | Colorodo: 12:24

आज विश्व हाँस्य दिवस मनाईदै ( हसाउने केही तस्वीर )

बिआरटीनेपाल २०७६ वैशाख २२ गते १०:२७ मा प्रकाशित

आज मे ५ अर्थात बिश्व हाँसो दिवस, हाँसेर मनाइदैछ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन हरेक वर्षको मे महिनाको पहिलो आइतबार बिश्व हाँसो दिवस मनाउने गरिएको हो ।

हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ चलाइरहेका मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस मनाउन सुरु भएको हो । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ ।

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुर्याने गर्दछ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि गर्ने विशेषज्ञहरु बताउँदछन् । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिने अनुसन्धान बाट खेलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू