अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

मेलिना राईले ताेडिन् सञ्जीवसँगकाे इन्गेजमेन्ट

बिआरटीनेपाल २०७९ साउन २० गते ७:२९ मा प्रकाशित

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगकाे इन्गेजमेन्ट ताेडिएकाे बताएकी छिन् । आज शुक्रवार सामाजिक सञ्जालमार्फत गायिका राईले याे जानकारी दिएकी हुन् ।

आफू र प्रेमी बराइलीबीच इन्गेजमेन्ट भएर भविष्यमा सँगै जीवन बिताउने निर्णय गरिए पनि पछि मतभेद देखिन थालेकाे मेलिना राईले बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । तर हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा, आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

यस्तै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने तर्क गरेकी छिन् । आजकै मितिदेखि आफू र प्रेमी रसाइलीबीचकाे इन्गेजमेन्ट ताेडिएकाे गायिका राईले फेसबुकमा लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू