अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

म्याग्दीमा भैंसीले जन्मायो दुई टाउका भएको पाडो

बिआरटीनेपाल २०७९ साउन २४ गते ७:४६ मा प्रकाशित

जिल्लाका एक कृषकले पालेको भैंसीले मंगलबार दुईवटा टाउको भएको पाडो जन्माएको छ ।बेनी नगरपालिका–५, डडुवाका किसान होमबहादुर खत्री ‘राजु’ले पालेको भैंसीले दुई वटा टाउको भएको पाडो जन्माएको हो ।दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले जिनको समस्या हुँदा यस्तो अवस्थामा आउने बताउनुभयो । ‘यस्तो कमै हुन्छ, यस्तो अवस्थामा जन्मिएका पाडापाडी जीवित हुने सम्भावना न्यून हुन्छ’, रेग्मीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू