अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

अब फेसबुकमा अडियो कमेन्ट पनि गर्न सकिन्छ

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ५:११ मा प्रकाशित

फेसबुक सञ्चालक कम्पनी मेटाले गत साता नै फेसबुक ग्रुपमा अडियो कमेन्टकाे सुविधा ल्याएकाे छ । फेसबुक ग्रुपमा अडियो कमेन्टकाे फिचर ल्याए मेटाले ल्याए पनि प्रयोगकर्ता भने अझै अभ्यस्त भएका छैनन् । केहीले भने फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमध्ये फेसबुक प्रयोगकर्ता कम नै होलान् । त्यही भएर पनि फेसबुकले बेलाबेलामा आफ्नो फिचर अपडेट गर्दै आएको छ ।

यसैबीच अहिले फेसबुकमा अडियो कमेन्ट गर्न सकिन्छ । तर, कसरी अडियो कमेन्ट गर्ने भन्ने थाहा नहुन सक्छ ।

नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । फेसबुकको लाइट एपमा भने यो अप्सन खुला छ । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । यो क्रमश: अपडेट हुँदा देखिनेछ । अब फेसबुकमा टेक्स्ट र अडियो कमेन्ट राख्न सकिनेछ ।

फेसबुकमा अडियो कमेन्ट गर्नमा लागि निम्न कुराहरू गर्नुहोस् 

१. पहिला फेसबुक लाइट एप खोल्नुहोस् ।

२.अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् ।

३. अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।

४. अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् ।

५. तपाईले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू