अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

युट्युबले ल्यायो ‘यु’ट्याब र भिडियो ‘लक’ गर्न सकिने फिचर

बिआरटीनेपाल २०८० कार्तिक ८ गते ४:२३ मा प्रकाशित

युट्युबले आफ्नो मोबाइल एपमा विभिन्न नयाँ फिचरहरु थप्दै आइरहेको छ । यसबीच भिडियो सेयरिङ प्लेटफर्मले पहिलेको अकाउन्ट र लाइब्रेरी ट्याबलाई एक बनाउँदै ‘यु’ट्याब ल्याएको छ ।पछिल्लो ब्लग पोष्टमा युट्युबले नयाँ ट्याबले सबै कुरा एकै ठाउँमा फेला पार्न सहज बनाएको बताएको छ ।युट्युबले लाइक र सब्सक्राइबको बटनमा पनि परिवर्तन ल्याउँदै चम्किने र एनिमेट हुने बनाएको छ ।युट्युबले मोबाइल र ट्याबेलटका लागि युट्युबमा भिडियो हेरिरहेको बेला त्यसलाई ल्यान्डस्केप मोडमा अथवा फुल स्क्रिन बनाएर हेर्दा लक गर्न सकिने फिचर पनि ल्याएको छ ।

युट्युबले लाइक र सब्सक्राइबको बटनमा पनि परिवर्तन ल्याउँदै चम्किने र एनिमेट हुने बनाएको छ । युट्युबले मोबाइल र ट्याबेलटका लागि युट्युबमा भिडियो हेरिरहेको बेला त्यसलाई ल्यान्डस्केप मोडमा अथवा फुल स्क्रिन बनाएर हेर्दा लक गर्न सकिने फिचर पनि ल्याएको छ । फुल स्क्रिनमा भिडियो हेर्न थालेपछि माथि रहेको सेटिङको आइकनमा क्लिक गरेर त्यहाँ लक स्क्रिनको अप्सन देख्न सकिन्छ । त्यहाँ क्लिक गरेपछि भिडियो लक हुन्छ र अरु भिडियो चल्ने वा अघिपछि बढ्ने छैन ।

ट्याप टु अनलकमा क्लिक गरिसकेपछि मात्रै भिडियोको लक हट्नेछ । लक स्क्रिनमा आवाज घटाउने बढाउन बटन चल्ने नै छन भने ओभरभ्यु फक्सनले पनि काम गर्नेछ । यी बाहेक स्क्रिनमा लामो टच गर्दा भिडियो स्पिडअप हुने, गुनगुनाएकै भरमा गीत सर्च हुने र परस्कृत भिडियो प्लेइङ जस्ता सुविधा युट्युबले थप गरेको छ । युट्युब एप खोल्दा पहिले एन्ड्रोइड टीभीमा मात्र देखिने एनिमेसन अहिले मोबाइल एपमा पनि देखिन थालेको छ । यी नयाँ फिचरहरु युट्युबको पछिल्लो अपडेटेड एपमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू