अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

ब्युटिसियन ट्यालेन्ट नेपालको ताज शरुको शिरमा

बिआरटीनेपाल २०७५ चैत २९ गते १९:१५ मा प्रकाशित

काठमाडौँ, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ को ताज भक्तपुरकी सरु जोशीले ताज चुमेकी छिन् । बुधवार अबेर साँझ काठमाडौँको जमल स्थित नाचघरमा आयोजित सो प्रतियोगितामा आफ्ना २४ प्रतिस्पर्धीलाई पछि पार्दै सरुले मोस्ट स्मार्टको उपाधि सहित ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ जितेकी हुन् । उनले उत्कृष्ट भएबापत गोल्डेन स्टेप्स टुर एन्ड ट्राभल्सबाट ५५ हजार रुपैयाँ बराबरको बैंककको चार रात, पाँच दिनको टुर, आभास मिडियाबाट एक महिनाको एँकरिङ कोर्स लगायत विभिन्न उपहार प्राप्त गरिन् । 

रोज सिप विकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनद्धारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि खनालले सो कार्यक्रममा बोल्दै यस्तो प्रतियोगिताले महिला सशक्तीकरण बढ्नुका साथै ब्युटिसियन महिलाहरूलाई अघि बढ्न प्रेरणा मिल्ने छ भने । सशस्त्र प्रहरी बलका अमर प्रहरी परिवारलाई पनि ब्युटिसियनको कोर्स दिएर आत्म निर्भर बनाउने कार्य गरिँदै आएको पनि प्रहरी महानिरीक्षक खनालले बताए ।

यस प्रतियोगितामा फस्ट रनरअपको उपाधि कविता लामाले जितिन् । यस्तै सेकेन्ड रनर अप र बेस्ट स्माईलको ताज मुना श्रेष्ठ हासिल गरिन् । यी दुवै विजेताले पनि ४ रात ५ दिन बैंकक बसाइको २० हजार रुपैयाँ बराबरको सेवा सहित विभिन्न उपहार प्राप्त गरे ।

प्रतियोगितामा अन्य प्रतियोगीले पनि विभिन्न उपाधि जिते । जसमा इमिका श्रेष्ठले पब्लिक च्वाई, मोस्ट पँचुअल, सरस्वती न्यौपानेलेले बेस्ट स्टाईलिस्ट, हिमा अबस्थीले मोस्ट बोब्ली, विनीता भट्ट ढकालले मोस्ट ब्युटिफुल र सोसियल मिडिया अवार्ड, समिता महर्जनले बेस्ट पर्सनालिटी, कल्पना खड्काले बेस्ट फिगर, हिमला पुनले मोस्ट लोयल अवार्ड तिजे ।

यस्तै मनिता बस्नेतले मोस्ट इन्नोसेन्ट, श्रीदेवी महर्जनले मोस्ट ट्यालेन्ट, शर्मिला गुरुङले मोस्ट डिसिप्लिन, सावित्री तामाङले मोस्ट फ्रेन्डली, मिना कुमारीले एक्ट्रा अर्डिनरी, रसा अधिकारीले मोस्ट इन्टेलिजेन्ट अवार्ड प्राप्त गरे ।

सोही क्रममा निकिता कुसुवारले बेस्ट हेयर, सविना महर्जनले बेस्ट स्किन, जमुना पनेरुले मोस्ट सिभिलिटी, सुरती बरालले मोस्ट चार्मिङ, शारदा राहू मगरले बेस्ट आईज, बिरजा खड्काले बेस्ट नेल आर्ट, रुपा बस्नेतले मल्टिमिडिया अवार्डसँगै बेस्ट मेकअप र हेयर स्टाईल, विजेता प्रजापति श्रेष्ठले बेस्ट क्याटवाक, सीमा श्रेष्ठले बेस्ट ड्रेस र मोस्ट फोटोजेनिक अवार्ड हासिल गरे ।

आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सुन्दरी कारंजित(सोनी)ले कार्यक्रममा स्वागत मन्तव्य राख्दै ब्युटिसियन महिलाहरूको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुतिका लागि गत वर्षबाट प्रतियोगिता आयोजना गरिँदै आएको बताइन् । 

सशस्त्र प्रहरी बल महिला परिवारकी अध्यक्ष सरिता कँडेल खनाल विशेष अतिथि रहेको सो कार्यक्रममा कस्मेटिक व्यावसायिक सङ्घका अध्यक्ष रञ्जित पौडेल सहित कस्मेटिक क्षेत्रका उधोगी, व्यवसायी, विशिष्ट ब्युटिसियन, सिनियर ब्युटिसियनहरुको उपस्थिति थियो ।

यो प्रतियोगिताको निर्णायकमा सिटिइभिटी कोअर्डिनेर डा. राज श्री श्रेष्ठ, अभिनेता रमेश उप्रेती, हास्य अभिनेत्री पल्पसा डङ्गोल, सिटिईभिटी सिप परीक्षण अधिकृत सूर्य अधिकारी, सामाजिक अभियान्ता सहिम शाह कलाकार सितास्मा हमाल मल्ल, ब्युटिसियनहरु शारदा क्षेत्री र रुसका वैध श्रेष्ठ रहेका थिए ।

मुख्य प्रायोजक काला कोल र प्रायोजक नेचर इसेन्स, कलर इसेन्स रहेको ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९मा सहकार्यमा सम्पन्न सो कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन् ।
कार्यक्रमका विशेष अतिथि एवम् अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाहीले सबैलाई शुभकामना दिँदै देशभर प्रदर्शन भइरहेको चलचित्र लभ स्टेसन दोस्रो सातामा प्रदर्शन भइरहेको बताउँदै सो फिल्म हेर्न आग्रह गरेका थिए ।

यो प्रतियोगिताहरूलाई सिनियर ब्युटिसियनहरु, सुमित्रा रञ्जित, मिना न्यौपाने, इन्दु आचार्य, अनित खड्का रायमाझी, शशी शाह, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रेणु श्रेष्ठ, सुलोचना श्रेष्ठ, मेनुका सिवाकोटी उप्रेती, रिना अवालेलगायतले पनि विशेष सहयोग गरेका थिए । 

प्रतिक्रिया