अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

ओलीको स्पष्टोक्ति : राष्ट्रिय अखण्डतामा जनमत सङ्ग्रह हुनै सक्दैन

बिआरटीनेपाल २०७५ फागुन २७ गते ११:३९ मा प्रकाशित

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत सङ्ग्रह हुन नसक्ने स्पष्ट पारेका छन् । उनले राजनीतिक विषयमा जनमत सङ्ग्रह हुनसक्ने उल्लेख गर्दै राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबारे जनमत सङ्ग्रह हुन नसक्ने स्पष्ट पारेका हुन् । 

राष्ट्रिय सुरक्षा परिषद्को अठारौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिके राउतसँग भएको सम्झौताप्रति आपत्ति जनाएको भन्दै आक्रोश व्यक्त गरे । ‘सिके राउतसँग सरकारले गरेको सहमतिपछि केही मानिस पानी बिनाको माछाजस्तै भएका छन्’ ओलीले भने ।

परिषद्का अध्यक्ष समेत रहेका ओलीले देशको समग्र सुरक्षा अवस्था र यसका चुनौतीका विषयमा सरकारले गम्भीर भएर विश्लेषण गरिरहेको बताए । देशमा शान्ति सुरक्षा कायम गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने समेत उनले उल्लेख गरे ।

‘समग्र देशको सुरक्षा अवस्थाबारे सरकारले गम्भीर भएर विश्लेषण गरिरहेको छ,’ उनले भने, ‘केही सीमित मानिसले आफ्नो स्वार्थपूर्ति गर्न लागि परेका छन् । तर, यसको कारण बारे मलाई थाहा छैन ।’

ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सङ्केत गर्दै देशमा हिंसा फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताए । दैनिक नेपालबाट 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू