अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

काँग्रेस केन्द्रीय समिति बैठकमा नेविसंघ विघटनको प्रस्ताव पेस, नेता सिटौलाको आपत्ति

बिआरटीनेपाल २०७५ माघ २३ गते ५:४९ मा प्रकाशित

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भातृ संगठन नेविसंघ वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राख्नुभएको हो ।

सभापति शेरबहादुर देउवाले नेविसंघ के गर्ने भन्ने प्रस्ताव राखेपछि उपभापति निधिले विघटनको प्रस्ताव राख्नुभएको थियो । कानुनीसँगै राजनीतिक रुपमा पनि नेविसंघको वर्तमान कार्यसमितिको औचित्य सकिएको भन्दै उप सभापति निधीले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन प्रस्ताव राखेको बताईएको छ । उहाँले नैनसिंह महर नेतृत्वको वर्तमान कायसमितिलाई वधाई दिएर विदाई गर्नुको विकल्प नभएकोले विघटनको प्रस्ताव बैठकमा दर्ता गराएको जानकारी गराउनुभएको थियो ।

यसैवीच, पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्ण सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखेको बताइएको छ । उहाँले थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको भन्दै नेविसंघको हकमा एक दिन म्याद सकिनासाथ भंग गर्न नहुने तर्क गर्नुभएको थियो । तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल संघ विघटनको पक्षमा उभिएकासँगै नेविसंघमा तदर्थ समिति बन्ने करिब निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू