अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

चलचित्र ‘बद्री बहादुर’को छायाङ्कन सुरु

बिआरटीनेपाल २०७५ माघ १० गते २२:४० मा प्रकाशित

चलचित्र ‘बद्री बहादुर’को आज शुक्रवार राजधानीको काठमाडौँको कमलादी स्थित गणेश स्थान मन्दिरमा पूजा गरेर छायाङ्कन सुरु गरिएको छ । शोभित बस्नेतको निर्देशन रहने ‘बद्री बहादुर’को आजबाट नै लमजुङमा छायाङ्कन गर्नको लागि युनिट त्यता लागेको छ ।

केही दिनको लमजुङ छायाङ्कन पछि काठमाडौँ, धरान अनि संखुवासभामा चलचित्रको करिब २ महिना छायाङ्कन हुनेछ । करिब एक करोड लगानी यस चलचित्रमा सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने छ । ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर विजय गोपाल दली प्रस्तुतकर्ता रहने चलचित्रमा मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

कमेडी जनरामा बन्न लागेको चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पूरण थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मङ्गल भोटेको अभिनय रहने छ ।यस चलचित्र बाट राजीव जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रमा नायिका पूजा शर्मा र सलोन बस्नेतको विशेष भूमिका रहने छ ।

चलचित्रमा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिव विकको नृत्य निर्देशन रहनेछ । चलचित्रमा टङ्क बुढाथोकी र उजन नेम्वाङको सङ्गीत रहने छ भने शङ्कर महर्जनको द्धन्द रहनेछ । ‘बद्री बहादुर’ मा विनोद सापकोटाले छायाङ्कन तथा समीर मिया सम्पादन रहने छ । चलचित्र तीजमा प्रदर्शन गरिने छ ।

प्रतिक्रिया