अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

मेलिना राईले गाइन् पहिलो पटक ‘कौडा गीत’ ‘गोरखा डाँडा शितलु’

बिआरटीनेपाल २०७५ पुष ५ गते ९:५० मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका हुन् मेलिना राई । उनै गायिका राईले गाइन् पहिलोचोटी लोक दोहारेरी बेसमा कौडा गीत ।

सधैँ ट्रेन्डिङमा पर्न सफल हुने गायिका मेलिना राईले पहिलोचोटी पश्चिमेली लोक दोहोरी भाका कौडा गीत गाएकी छन् । पूर्वेली लोक गीत, चलचित्र गीत, आधुनिक गीतमा उनको स्वरले पछिल्लो समय कब्जा जमाएको भए पनि अब भने पश्चिमेली ठेट लोकगीतमा पनि स्वर दिन थालेकी छिन् ।
मेलिना राईले गाएको कौडा गीत ‘गोरखा डाँडा शितलु’मा अविनाश थापा, रजनी मगर र सर्जक तथा गायक कौडा किङ गणेश गुरुङको स्वर रहेको छ । कौडा किङका रूपमा चिनिँदै आएका गायक गणेश गुरुङले यस गीतमा लय पनि भरेका छन् भने अविनाश थापाको शब्द लेखेका छन् ।

उक्त कौडा गीत गुरुङ जाति र मगर जातिबिचको मायाप्रेममा केन्द्रित रहेको छ । आस्लामी मगर समुदायमा हुर्किएका गायक अविनाश थापाले यो कौडा गीत निकै मिठो बनेको छ । अविनाश गोरखा कालीका मन्दिरका पुजारी खलक पनि हुन् । गायक अविनाशले पहिला आफ्ना बाजे, बुबाहरू गोरखा कालीका मन्दिरका पुजारी रहेको कुरा बताए ।

उनै पुजारी खलकका गायक अविनाशको कौरा गीत ‘गोरखा डाँडा शितलु’ गीतको म्युजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायाङ्कन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लीला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङको अभिनय तथा नृत्य रहेको छ । गीतलाई गायक अविनाश थापाको आफ्नै अफिसीएल युट्युब च्यानलमार्फत हेन सकिन्छ ।

भिडियो लिङ्क

प्रतिक्रिया