अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

मन्त्रिपरिषद् बैठकको निर्णय– मन्त्रीहरूलाई घर बनाउने, मन्त्री निवासलाई अतिथि गृह बनाइने

बिआरटीनेपाल २०७५ मंसिर २० गते ८:५४ मा प्रकाशित

सरकारले काठमाडौंको सैवुमा संघीयमन्त्रीहरूका लागि २७ वटा र मुख्यमन्त्रीहरूका लागि १४ वटा भवन बनाउने तयारी गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैंवु भैसेपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूका लागि २७ वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवास र सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरेको सरकारका सुचना तथा संचार प्रविधि मन्त्री गोकुल वास्कोटाले आज एक विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

हाल ललितपुरको पूल्चोकस्थित हाल मन्त्री निवास रहेको परिसरमा १० वटा राजकिय अतिथी गृह निर्माण गर्ने अपुग भएमा नेपाल राष्ट्रिय पुस्तकालय रहेको छेवैको सरकारी जग्गासमेत उपयोग गर्ने सरकारको तयारी छ । त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई देवकोटा संग्राहलय बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यसअघि देवकोटा जयन्तिका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देवकोटाको डिल्लिबजारस्थित घरलाई संग्रहालय बनाउने बताउनुभएको थियो ।

सरकारका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बास्कोटाले मन्त्रीपरिषद् बैठकले केही दिनअघि युनिभर्सल पिस फेडरेसनले पुरस्कारस्वरुप दिएको १ लाख अमेरिकी डलर र सोही बराबरको रकम थपेर प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय समेत गरेको छ । बैठकले नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा नियुक्त सिफारिस गर्न तीन सदस्यीय छनौट समिति समेत गठन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा विराटनगरका रमेशकुमार पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू