अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२१ | Colorodo: 20:36

लेखा समितिमा सत्तापक्षबाटै पर्यटनमन्त्री अधिकारीको आलोचना

बिआरटीनेपाल २०७५ मंसिर २० गते ८:०५ मा प्रकाशित

काठमाडौँ – संसद्को सार्वजनिक लेखा समितिमा सत्तारुढ दल नेकपाकै सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

समितिको बुधबारको बैठकमा नेकपाका सांसद प्रेम आलेले वाइडवडी खरिद बिचौलियामार्फत खरिद भएको भन्दै त्यो निन्दनीय भएको बताए ।

सार्वजनिक खरिद प्रक्रियाको कुनै मापदण्ड नअपनाइकन खरिद गरिएको भन्दै उनले यो लाउडा जहाज खरिदमा गरिएको घोटालाभन्दा कम नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू