अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

न्यु योर्कमा भुवन, तक्मे र विनोदको पहिलो प्रस्तुति

बिआरटीनेपाल २०७५ मंसिर १५ गते ११:४२ मा प्रकाशित

सुम्निमा साँझ १० औँ वर्षमा
न्यु योर्क । किराँत राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले २४ डिसेम्बर २०१८ मा सुम्निामा साँझ–१० सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा विल्सन विक्रम राई (तक्मा बुढा) भुवन सुप्तिहाङ र विनोद राईको विशेष प्रस्तुति हुने आयोजकले जनाएको छ । उनीहरूको न्यु योर्कमा यो पहिलो प्रस्तुति समेत हो ।

राई जातिको संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले केआरएसएले किराँत राईहरूको महान् चाड उधौली र उभौली पर्वको अवसर पारेर हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । उधौली पर्वका अवसर पारेर सुम्निमा साँझ मनाउन सुरु गरेको १० वर्ष पुगेको अवसर पारेर यस पटक केआरएसएले सुम्निमा साँझ– १० विशेष रूपमा मनाउन लागेको हो ।

‘सुम्नमा साँझ–१० मा किराँत राईहरूको सांस्कृतिक कार्यक्रम त हुन्छ नै,’ सुम्निमा साँझ– १० आयोजक समितिकी संयोजक निला राईले भनिन्, ‘दर्शक र माहौल तताउन तथा न्यु योर्क बासी नेपालीलाई नयाँ स्वाद दिन यहाँ कहिल्यै प्रस्तुति नगर्नु भएका हास्य कलाकार तक्मा बुढा, चर्चित गायकद्वय भुवन सुप्तिहाङ र विनोद राई उपस्थित हुनुहुनेछ ।’

तक्मा बुढाले सुम्निमा साँझ–१० मा सहभागी हुने भन्दै सबैलाई निम्तो गरेर यु-ट्युबमा प्रोमो नै सार्वजनिक गरिसकेका छन् । आयोजकका अनुसार सुम्निमा साँझमा तक्मा बुढाको प्रस्तुति समेत नयाँ हुनेछ । ‘तक्मा बुढाले न्यु योर्क बासी नेपालीलाई अन्त कतै प्रस्तुत नगरेको फ्रेस कोसेली दिने हुनुभएको छ,’ उनले बताइन्, ‘हाँस्न र नाच्न मन पराउनुहुने सबैलाई कार्यक्रममा स्वागत छ ।’

कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्न व्यापक तयारी भइरहेको संयोजक राईले बताइन् । ‘कार्यक्रम उच्च गुणस्तरको बनाउन स्टेज, माइक, माइक्रो फोन लगायतका कुराहरूमा समेत विशेष ध्यान पु¥याएका छौँ,’ उनले भनिन् ।

केआरएसए न्यु योर्क च्याप्टरकी अध्यक्ष भारती राईले सुम्निमा साँझ राईहरूको मात्र नभएर न्यु योर्कमा बस्ने सबै नेपालीहरूको साझा कार्यक्रमका रूपमा स्थापित भएको बताइन् । ‘किराँत राई जातिको संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले सुरु गरिएको सुम्निमा साँझ हाम्रो सिग्नेचर प्रोग्राम हो,’ उनले भनिन्, ‘तर, यो कार्यक्रमलाई सबै नेपाली समुदायले आफ्नै कार्यक्रमको रूपमा लिनुहन्छ ।’

उनले सुम्निमा साँझमा साकेला नृत्य र किराँत राईहरूको अन्य सांस्कृतिक कार्यक्रमका अतिरिक्त स्थापित कलाकारहरूबाट प्रस्तुति दिँदै आएको बताइन् । हरेक वर्ष सुम्निमा साँझ केआरएसएको न्यु योर्क च्याप्टरले आयोजना गर्छ । जाडो लागेपछि तराई तिर झर्ने र गर्मी लाग्दा पहाडतिर उक्लने राईहरूको पुर्ख्यौली परम्परासँग उधौली र उभौली पर्व जोडिएको छ । दुवै पर्वमा साकेला नृत्यको विशेष महत्त्व छ । यो नृत्यमार्फत प्रकृति पुजक किराँत राई जातिहरूले यो संसार र आफ्नो उत्पत्तिको कथा साथै रहन सहन र जीवन शैली वर्णन गर्छन् ।

कार्यक्रमबाट उठेको पैसा किराँत राईहरूको पवित्र चुल्हा घर माङ््िखम (किराँत सांस्कृतिक भवन) स्थापनामा खर्च गर्ने आयोजकको भनाइ छ । केआरएसले गत वर्ष माङ््िखम स्थापना गर्न समिति गठन गरी काम अघि बढाएको छ ।

प्रतिक्रिया