अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

कृषि क्षेत्रमा रुपान्तरण भएन -अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:४७ मा प्रकाशित

अर्थमन्त्री डा.युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल समाजशास्त्र सङ्घको आयोजनामा आज राजधानीमा आयोजित ‘नेपालको कृषि संरचना – समृद्धिका लागि रचनात्मक परिवर्तन’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कृषिको उत्पादन मूल्य अरु उत्पादनको तुलनामा सदैव कमजोर रहेकाले उत्पादन लागत घटाउन मूल्य समायोजन महत्वपूर्ण हुने बताउनुभयो ।

विभिन्न क्षेत्रबाट भएका अध्ययन अनुसन्धानका निष्कर्षसमेत किसानको घरदैलोमा पुग्न नसकेको औल्याउँदै उहाँले कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कृषिविज्ञ डा.कैलाशनाथ प्याकुरेलले भूमि सुधार र कृषिसम्बन्धी नीति तथा कार्यक्रमबारे समाजशास्त्रीय रुपमा विष्लेषण गर्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा भूमि तथा कृषि, कृषि क्षेत्रमा लैङ्गिक अवधारणा तथा खाद्य सुरक्षाका बारेमा डा. पूर्ण सुवेदी, डा.विष्णु उप्रेती, डा.युवराज लुइँटेल र यमुना घलेले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू