अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

सरकारको आधिकारिक अनलाइन मिडिया छैन : सञ्चारमन्त्री शर्मा

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ६:४५ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

सार्वजनिक सेवा प्रशारण विधेयकमाथिको छलफलका क्रममा उहाँले सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि सार्वजनिक सेवा प्रशारण विधेयकमा मिसाउन नमिल्ने बताउनुभयो । उहाँले आगामी दिनमा सरकारको छुट्टै आधिकारिक अनलाइन मिडिया भएको खण्डमा भने सार्वजनिक सेवा प्रशारण विधेयकमाथि अनलाइन मिडिया रहने बताउनुभयो । उहाँले नेपालमा न्युज एजेन्सी (रासस)लाई नेपाल टेलिभिजन, रेडियो नेपालसँगै एकै ठाउँमा मिसाउने अभ्यास नरहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले गोरखापत्रलाई पनि नेपाल टेलिभिजन र रेडियो नेपाल झैँ मर्ज गर्ने वा नगर्ने भन्नेबारेमा समितिबाट नै स्पष्ट निर्णय हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू