अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

अफगान तालिबान र अमेरिकी विशेष दूतबीच कतारमा वार्ता

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:३१ मा प्रकाशित

अफगान तालिबान र अमेरिकी विशेष दूतवीच वार्ता भएको छ । अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा अगफगान तालिवानसंग वार्ता गरेको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् । कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै वार्तामा बस्न चाहने सबै अफगानी समूहहरुसँग आफुले छलफल गरिरहेको र अहिले मेलमिलाप र शान्तिको अवसर आएको बताउनुभयो ।

अफगान सरकारले पनि शान्ति चाहेको उल्लेख गर्दै उहाँले तालिबानीहरुले सैनिक ताकतका भरमा सफल हुन नसकिने बताईरहेका वेला शान्तिपूर्ण, राजनीतिक मेलमिलापका आधारमा अफगानिस्तानको समस्या समाधान गर्नु पर्दछ भन्ने उनीहरुकै भनाइ रहेको उल्लेख गर्नुभयो ।

वासिङ्टनको शान्तिदूतका रुपमा खलिलजादको नियुक्ति भएसँगै शान्ति प्रक्रियाका विषयमा तिब्रता आएको छ । शान्ति स्थापनासँगै अफगानिस्तानमा अमेरिकी सैनिक उपस्थिति अन्त्य पार्ने खलिलजादको मुख्य जिम्मेवारी हो । अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ । तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहती भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू