अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

जुलियान असान्जमाथि अमेरिकामा फेरि अर्को अभियोग दर्ता

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:३५ मा प्रकाशित

अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ । विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृतिबारे स्पष्ट हुन सकेको छैन ।
अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो, विकिलिक्सले ट्वीटरमा लेखेको छ ।

अमेरिकी सहायक महान्यायाधिवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्ज विरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताउनुभएको छ । उहाँले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गर्नुभएको छ ।
मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताउनुभएकी ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दीनै राखिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया