अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

पर्थ अस्ट्रेलियामा ११०औं लक्ष्मी जयन्ती मनाइयो

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते १९:०९ मा प्रकाशित

गत शनिवार अन्तर्राष्ट्रिय साहित्य समाज पर्थ, नेपाली कम्युनिटी पश्चिम अस्ट्रेलिया तथा पर्थ नेपाली मन्दिरको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्म जयन्ती तथा देउसी भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

संस्कृति र भाषाको जगेर्ना गर्दै महाकविलाई सम्झने क्रममा समुदायका अगुवाहरू, आमाबुवा तथा नानी बाबुहरूले देवकोटाको फोटोमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रममा नेपाली पाठशालाका प्रिन्सिपल आङ्दावा शेर्पाले नेपाली भाषा पाठशालाको वर्तमान अवस्था बारे जानकारी गराएका थिए । अनेसासका पर्थ च्याप्टर अध्यक्ष नीरज क्षेत्री, नावाका अध्यक्ष डा. मणि पनेरु, मन्दिरका अध्यक्ष यादव शर्मा लगायतले साहित्य तथा संस्कृति बारे आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे तथा चितवन गजल मञ्चका सचिव विनोद अनुज समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नीरज क्षेत्री, गणेश घिमिरे, राजेश बुढाथोकी, डा. मणि पनेरु, आङ्दावा शेर्पा, मञ्जु कोइराला, विनोद अनुज, दीपक सुबेदी, केदार रिजाल, लगायत श्रजकहरुले एक दर्जन जति श्रीजनाहरु वाचन गरेका थिए भने गायक द्वय विनोद दाहाल तथा डिल्ली पराजुलीले देवकोटालाई सम्झँदै गीत प्रस्तुत गरेका थिए । बोल्ने क्रममा वक्ताहरूबाट देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरेका भएको थियो । कार्यक्रमको अन्त्यमा मन्दिरको तर्फबाट संयुक्त देउसी भैलो खेल्दै प्रवासमा पनि नेपाली संस्कृतिलाई जोगाउन दोस्रो पुस्तालाई अगाडि बढाउनु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा अनेसास की कोषाध्यक्ष मञ्जु कोइरालाले उपस्थित सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन भने कार्यक्रम सञ्चालन संस्थाकी सदस्य रिजा प्रधानले गरेकी थिइन । कार्यक्रममा सङ्घसंस्थाका प्रतिनिधिहरू साथै बालबच्चा र नेपालबाट आउनुभएका बुवा आमाहरूको बाक्लो उपस्थिति रहेको थियो । साहित्यिक कार्यक्रम रिभर भेल कम्युनिटी सेन्टरमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू