अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

मह जोडीको बेजोड प्रस्तुतिसँगै एनपीपीएको रजत जयन्ति ऐतिहासिक सफलता पूर्वक सम्पन्न

बिआरटीनेपाल २०७३ कार्तिक २१ गते ११:४८ मा प्रकाशित

नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोहमा मह जोडीको बेजोड प्रस्तुति सँगै रजत जयन्ति ऐतिहासिक सफलता पूर्वक सम्पन्न भएको छ l नोवेम्बर ४ र ५ तारिख विविध अद्वितीय कार्यक्रमहरू प्रस्तुत गर्दै संस्था २५ वर्ष पुगेको उपलक्ष्यमा मह जोडी(मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )लाई अमेरिका झिकाएर कुनै कसर नछोडी कार्यक्रम समापन गरेको छ l

img_5905-800x600

दुई दिन सम्म चलेको रजत जयन्ती समारोह खचाखच भिड रहेको थियो भने मह जोडीको विशेष कार्यक्रमको लागि डिसी महानगर क्षेत्रका नेपाली समुदायले कलाकारलाई देखाएको हौसला तथा सहभागिता उत्साहजनक रहेको थियो l

पहिलो दिन म्ह पूजा त्यतिकै ऐतिहासिक रहन पुगेको थियो भने दोस्रो दिन गणेश पूजा ,औपचारिक कार्यक्रम तथा अन्तिम भव्य सांस्कृतिक कार्यक्रम गर्दै रजत जयन्ति सम्पन्न भएको छ l
मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा नेपालका सांसद सुशील श्रेष्ठ लगायत अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (विधा वारिधि )मदन कृष्ण श्रेष्ठ ,हरि बंश आचार्य महा वाणिज्य दुत प्रेम राजा महत ,सयुक्त राष्ट्र सङ्घ युवा सम्मेलनकि सभापति जोली अमात्य ,डब्लु एनओ का अध्यक्ष सिजन श्रेष्ठ तथा क्यालिफोर्निया स्टेट विश्व विद्यालयका अधिष्ठाता (डिन ) तथा संस्थापक अध्यक्ष राम मालाकारले शुभकामना सहित मन्तव्य राखेका थिए l कार्यक्रममा दबु नामक पत्रिकाको बिमोचन मञ्चमा आसिन सबै अतिथिहरु द्वारा गरिएको थियो l

img_5850-800x600

रजत जयन्तको अवसरमा एनपीपीए कार्यक्रमको लागि मात्र विशेष प्रस्तुति बोकेर अमेरिका आएका मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )ले एउटा नेवा भाषामा दोहारी गीतमा हास्यब्यंग प्रस्तुत गरेका थिए भने दोस्रो प्रस्तुति विकास र भ्रष्टचार नामक कार्यक्रम गरेका थिए l विकास र भ्रष्टचार प्रस्तुतिको मूल आशय नेपालमा भ्रष्ट्राचारले कसरि जरो गाडेको छ भन्ने चित्रण गरिएको थियो भने पानी मुनि गए पनि भ्रष्ट्राचारले नछोड्ने संदेश दिएको थियो l

पहिलो पटक प्रस्तुति रहेको उक्त सांस्कृतिक कार्यक्रमअद्वितीय रहन पुगेको थिए भने मह जोडीको प्रस्तुति सँगै बुद्ध भजन ,पन्च कुमारी नृत्य ,धिमे नृत्य ,चण्डिका ,नृत्य तथा आकृति खनालले नृत्य प्रस्तुति गरेकी थिइन् l यसै गरी गायक सृजन ताम्राकार ,सरिस्मा अमात्य ,सारना श्रेष्ठ ,राम श्रेष्ठ तथा आशिष् भडेलले गीत प्रस्तुत गरेका थिए भने कलाकार रतन सुबेदीले कुखुरी का ,रातो भाले क्वायक क्वायक गीतमा अन्य कलाकारले कसरि गाउछन भने हास्य व्यंग्य प्रस्तुति गरेका थिए l img_5782-800x600

कार्यक्रमको सभापति सरोज प्रजापतिले गरेकी थिइन् भने कार्यक्रम अगाडी नेपाली राष्ट्रिय गीत प्रविन ताम्राकार तथा अमेरिकन राष्ट्रिय गीत साहारा जोशीले गाएकी थिइन् l मह जोडी तथा सांस्कृतिक कार्यक्रमको कार्यक्रम सञ्चालन नेपाली चलचित्र कि नायिका तथा काली सुन्दरी ऋचा घिमिरेले गरेकी थिइन् l

img_5998-1-800x600

img_5810-800x600

img_5917-800x600

img_5803-800x600

 

 

 

प्रतिक्रिया